२०८३ मंसिर ४ बिहिबार

Nov 19 2026 Thursday

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स उत्कृष्ट करदाताको रुपमा सम्मानित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स उत्कृष्ट करदाताको रुपमा सम्मानित

225
Shares

काठमाडौं- निर्जीवन बीमा क्षेत्रमै सर्वाधिक आयकर दाखिला गर्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड सम्मानित भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई सम्मान गरेको हो।

राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार आयोजित करदाता सम्मान समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीलाई सम्मानपत्र प्रदान गरेका हुन्। प्रतिकूल परिस्थितिका बीच पनि निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक करदाता बन्न सफल भएकोमा कम्पनीले गौरव महसुस गरेको जनाएको छ।

यो सम्मान पारदर्शिता, सुशासन, वित्तीय अनुशासन तथा जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धताको सम्मान हो। कम्पनीले स्थापनाकालदेखि नै प्रचलित कानुन, नियम तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै पारदर्शी, उत्तरदायी र नैतिक व्यावसायिक संस्कृतिलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

राज्यप्रतिको दायित्वलाई कानुनी बाध्यताका रूपमा मात्र नभई जिम्मेवार संस्थागत नागरिकको कर्तव्यका रूपमा आत्मसात् गर्दै करसम्बन्धी दायित्व समयमै र पूर्ण रूपमा निर्वाह गर्दै आएको कम्पनीको भनाइ छ। कम्पनीले प्राप्त गरेको सम्मानले वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायी व्यवस्थापन तथा दीर्घकालीन व्यावसायिक स्थायित्वप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij