२०८३ मंसिर ४ बिहिबार

Nov 19 2026 Thursday

सानिमा जीआईसी इन्स्योरेन्सको घाटा २९ करोड ३७ लाख रुपैयाँ

सानिमा जीआईसी इन्स्योरेन्सको घाटा २९ करोड ३७ लाख रुपैयाँ

245
Shares

काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म २९ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को यही अवधिसम्म पनि कम्पनीले २० करोड २ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

चुक्तापुँजी २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म स्पेसल रिर्जभमा ८१ करोड ४५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ५ करोड २४ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ६८ लाख रुपैयाँ रहेको भने रिटेन्ड अर्निङ १९ करोड ७८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिर्जभमा ८१ करोड ४५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ५ करोड २४ लाख रुपैयाँ र अन्य इक्विटीमा १० करोड २७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९ करोड ८८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा ४ अर्ब ३६ करोड १९ लाख रुपैयाँ थियो। बीमा कोषको आकार १०२.२४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ५७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४४ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क २८.८८ प्रतिशतले बढेको छ।

चालु वर्षको असोजसम्म कम्पनीले १३ करोड १२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १७.२१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ५२.०५ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि ईपीएस ४०.०४ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १३४.८२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij