२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

मिड सोलु हाइड्रोपावरको नाफा बढ्यो

मिड सोलु हाइड्रोपावरको नाफा बढ्यो

155
Shares

काठमाडौं – मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५ करोड ७४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड १८ लाख ३५ हजार रुपैयाँ थियो। यस आधारमा कम्पनीको नाफा करिब ३७.४ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १० करोड ५३ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ८ करोड ९७ लाख ३९ हजार रुपैयाँ थियो।
कम्पनीको कुल आम्दानी ८ करोड १८ लाख २९ हजार रुपैयाँबाट बढेर ९ करोड ८२ लाख ५६ हजार रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा ७ करोड ५५ लाख ६५ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा सञ्चालन नाफा ६ करोड २२ लाख ४४ हजार रुपैयाँ थियो।

कम्पनीको वित्तीय लागत भने घटेको छ। गत वर्ष पहिलो त्रैमासमा १ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको वित्तीय लागत यस वर्ष १ करोड ६३ लाख १२ हजार रुपैयाँमा झरेको छ। असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब २४ करोड १२ लाख ७४ हजार रुपैयाँ पुगेको छ। कम्पनीको कुल इक्विटी १ अर्ब ७ करोड ४९ लाख रुपैयाँ रहेको छ।

कम्पनीको चुक्तापुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ छ भने जगेडा तथा सञ्चित नाफा २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ पुगेको छ।कम्पनीको प्रतिसेयर आम्दानी २६.७२ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १२४.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२७ गुणा रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij