काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)मा शुक्रबार दुई खेल हुँदै छन्। पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
त्रिवि मैदान कीर्तिपुरमा खेल दिउँसो १ बजे हुनेछ। चार खेल खेलिसकेको सुदूरपश्चिमका लागि आजको खेल महत्त्वपूर्ण छ। चार खेलमा उसले दुई खेल मात्रै जितेको छ।
कर्णालीले तीन खेल मात्रै खेलेको छ। उसले एउटा मात्रै खेल हारेको छ। ४ अंकका साथ कर्णाली अहिले तालिकाको तेस्रो स्थानमा छ।
कर्णालीबाट खेल्नका लागि साउथ अफ्रिकाका डेभिड मिलर काठमाडौं आइसकेका छन्। दोस्रो खेल साँझ ५ बजे चितवन राइनोज् र पोखरा एभेन्जर्स भिड्दै छन्।
दुवैले तीन/तीन खेल खेलिसकेका छन्।पोखरा तीनै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ। चितवनले एक खेलमा जित निकालेको छ भने एउटा खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ। ऊ तीन अंकसहित तालिकाको सातौं स्थानमा छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij