२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

305
Shares

काठमाडौं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी तथा तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राति कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोे छ ।

त्यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij