२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

कुथेली बुखेरी स्मल हाइड्रोपावरको नाफा बढ्यो

कुथेली बुखेरी स्मल हाइड्रोपावरको नाफा बढ्यो

290
Shares

काठमाडौं – कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खुद नाफामा सुदृढ र सकारात्मक प्रगति हासिल गरेको देखाएको छ।

प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले ४४ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस तुलनामा यस वर्ष कम्पनीको खुद नाफामा ७६.१९ प्रतिशतको वृद्धि भएको छ।

विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको कमीले कम्पनीको नाफालाई यो उचाइमा पुर्‍याउन प्रमुख भूमिका खेलेको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेर १ करोड १ लाख २३ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ८१ लाख ९८ हजार रुपैयाँ रहेको थियो। कुल आम्दानी १ करोड १० लाख २५ हजार रुपैयाँ कायम भएको छ। कम्पनीको वित्तीय खर्च गत वर्षको ५ लाख ६७ हजार रुपैयाँबाट घटेर २ लाख ५ हजार रुपैयाँमा सीमित भएको छ, जसले ऋणको भार घट्दै जाँदा नाफालाई सीधा टेवा पुगेको स्पष्ट पार्छ।

कम्पनीको चुक्ता पूँजी १४ करोड ७४ लाख ५९ हजार रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ४ करोड ६४ लाख रुपैयाँ सञ्चित रहेको छ।

वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १२ रुपैयाँ १६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ४७ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १३९ रुपैयाँ ९० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij