२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

275
Shares

काठमाडौं – नेपाली बजारमा कार्तिक १८ गते, बुधबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो।

यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ। यससँगै चाँदीको मूल्य प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij