काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ नामक ऋणपत्रको बाँडफाँड सम्पन्न भएको छ।
बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र निष्कासन गरेको थियो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएको थियो । यसअनुसार ऋणपत्रको कुल आकार ३ अर्ब रुपैयाँ रहेको छ ।
बैंकका अनुसार उक्त ऋणपत्रको बाँडफाँड सोमबार सम्पन्न गरिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij