काठमाडौं -मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संस्थापक र कर्मचारीतर्फको गरी कुल ६१ लाख ६९ हजार ८ सय ५० कित्ता सेयरको लकइन अवधि सकिन लागेको छ।
कम्पनीले एउटा सूचना जारी गर्दै आउँदो मंसिर १८ गतेबाट ६० लाख ९३ हजार ३६० कित्ता शेयरको लकइन अवधि सकिन लागेको जानकारी गराएको हो। जसमा संस्थापक समूहको ६० लाख ४८ हजार कित्ता र कर्मचारीको ४५ हजार ३६० कित्ता रहेको छ।
कुनै पनि कम्पनीका संस्थापक र कर्मचारीको शेयर आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij