काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मुल्य तोलाको २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ६५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij