काठमाडौं -नेपाल प्रिमियर लिग (एनपीएल)मा आज जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दै छन् । खेलमा जनकपुर जित निकाल्दै प्रतियोगितामा जितको खाता खेल्ने लक्ष्यमा हुनेछ । जनकपुर पहिलो संस्करणको विजेता हो ।
जनकपुरको यो दोस्रो खेल हो । यसअघि जनकपुरले कात्तिक १० गते भएको पहिलो खेलमा कर्णालीसँग १९ रनको हार व्यहोरेको थियो ।
काठमाण्डू भने सुखद् सुरुआतको खोजीमा छ । काठमाण्डूको यो पहिलो खेल हो । यी दुईबीचको खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा मध्याह्न १२ः३० बजे हुनेछ ।
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सले खेल्दै छन् । खेलमा कर्णाली लगातार दोस्रो जितको खोजीमा छ । कर्णालीले गत कात्तिक १० गते पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै विजयी सुरुआत गरेको थियो ।
यता, विराटनगर भने पहिलो जीतको खोजीमा छ । विराटनर पनि कात्तिक १० गते भएको खेलमा चितवन राइनोजसँग आठ रनले पराजित भएको थियो ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij