काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा खेल हुँदैछ । आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।
सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराको पहिलो खेल हो । पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिमको कप्तान दीपेन्द्रसिंह ऐरी छन्। पोखराको कप्तानी राष्ट्रिय टिमका ओपनर कुशल भूर्तेलले गरेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij