काठमाडौं – हिमालयन क्यापिटल लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित उक्त लाभांश वितरण गर्न लागेको हो। लाभांश वितरणसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट स्वीकृत गराउने कम्पनीको तयारी छ।
कम्पनीको सञ्चालक समितिको २०८३ असोज २७ गते बसेको ८२औँ बैठकले नवौँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो। सभा आगामी मंसिर २० गते शुक्रबार बिहान ११ बजे काठमाडौंको कमलादीस्थित आईटी प्लाजाको दोस्रो तलामा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयमा बस्नेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस गरिनेछ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि निर्णय हुनेछ। प्रस्तावित १५ प्रतिशत नगद लाभांश भने साधारणसभाबाट स्वीकृत भएपछि वितरण गरिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij