२०८३ असोज २८ बुधबार

Oct 14 2026 Wednesday

पिपुल्स इनर्जीले आईपीओ निष्काशन गर्ने

पिपुल्स इनर्जीले आईपीओ निष्काशन गर्ने

255
Shares
xr:d:DAFuNbxO5Aw:5,j:4881178747876886907,t:23091205

काठमाडौं – पिपुल्स इनर्जी लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशतसम्म शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ। कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत उक्त परिमाणमा शेयर जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने भएको हो।

कम्पनीको सञ्चालक समितिको २०८३ असोज २७ गते बसेको बैठकले दसौं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ। सभा आगामी मंसिर १८ गते बुधबार दिउँसो १ बजे काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बस्नेछ। सभामा भर्चुअल माध्यमबाट समेत सहभागी हुन सकिने कम्पनीले जनाएको छ।

सभाको विशेष प्रस्तावअन्तर्गत कम्पनीको शेयर पुँजी वृद्धि गर्ने तथा जारी पुँजीको २० प्रतिशतसम्म आईपीओ निष्कासन गरी त्यसबाट प्राप्त रकम उपयोग गर्ने विषयमा छलफल हुनेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणसहितको वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ। कम्पनीको व्यवसाय सञ्चालन, लगानी, ऋण तथा कर्पोरेट ग्यारेन्टीसम्बन्धी सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने विषय पनि सभाको कार्यसूचीमा समावेश छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij