
अर्थ नेपाल काठमाडौं /सगुनको मोबाइल एप पुस २५ देखि उपलब्ध हुने भएको छ। हाललाई एण्ड्रोएड अपरेटिङ्ग सिस्टममा उपलब्ध हुने सगुनको एप भारतको नयाँ दिल्लीबाट सार्वजनिक गरिने भएको हो।
नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भव्य कार्यक्रमबीच एप सार्वजनिक गरिने सगुनले जनाएको छ।
अमेरिकामा स्थापना भएको सगुनले भारतमा आफ्नो कार्यालय स्थापना गरि मुख्य प्राविधिक काम सोहि कार्यालयबाट सञ्चालन गर्दै आएको छ।
सगुनको प्रारम्भिक चरणको एपमा ओपन र सिक्रेट मेसेजिङ्ग, माइ डे र मूड टक गरि मुख्य तीन वटा विशेषताहरु रहनेछन्। यि विशेषताहरुलाई प्रयोगकर्ताले मन पराउने कुरामा सगुनले विश्वास लिएको ट । सगुनले अन्य विशेषताहरु क्रमश थप हुँदै जाने जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij