२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

‘रोयल इन्फिल्ड ट्रेजर हन्ट राइड’ पुस २२ गते हुने

‘रोयल इन्फिल्ड ट्रेजर हन्ट राइड’ पुस २२ गते हुने

1.7K
Shares

अर्थ नेपाल  काठमाडौं /नेपालमा रोयल इन्फिल्ड बाइकको आधिकारिक बितरक एमभी दुगड ग्रुपको विवेक अटोमोवाइल्स प्रालिले आगामी पुस २२ गते शनिबार ‘रोयल इन्फिल्ड ट्रेजर हन्ट राइड’ आयोजना गर्ने भएको छ । राइडमा रोयल इन्फिल्डका राइडरहरुले सहभागिता जनाउने छन् । हाल यसका लागि रजिष्ट्रेसन कार्य चलिरहेको विवेक अटोमोबाइल्सका ब्रान्ड म्यानेजर दीपेश श्रेष्ठले जानकारी दिएका छन् ।

ट्रेजर हन्ट राइड बालाजु सोरुमबाट प्रारम्भ भई धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा पुगेर समापन हुनेछ ।

ट्रेजर हन्टमा राइडरहरुलाई दिएको हिन्टहरुको आधारमा विभिन्न किसिमको टे«जर खोज्दै अन्तिम गन्तब्यमा पुगेर ट्रेजर हन्ट राइड सम्पन्न हुनेछ । साथै अन्तिम गन्तव्यमा रोयल इन्फिल्ड क्विज, स्लो रेस कम्पिटिसन, पुस बाइक कम्पिटिसन, क्यारी योर रोयल इन्फिल्ड र रोयल इन्फिल्ड मोटरसाइकलमा स्टन्ट सोको समेत आयोजना गरिने छ । साथमा डिजे सेसन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमबाट रमाइलो गरिने बताइएको छ । प्रतिस्पर्धामा बिजयी राइडरहरुलाई प्रमाणपत्र तथा ट्रफि प्रदान गरी कार्यक्रम समापन गरिने छ । राइडमा सहभागी राइडहरुले वान लेन राइड र सेफ्टी राइडको नियमहरु पालना गर्ने छन् ।

नेपालमा टु ह्विल टुरिज्म को विकास गरी पर्यटन व्यवसायलाई थप आकर्षक बनाउनु रोयल इनफिल्ड ट्रेजर हन्ट राइडको मुख्य उद्देश्य रहेको छ । रोयल इनफिल्ड मोटर साइकल नेपालको भौगोलिक परिवेश अनुसार टुरिङका लागि उपयुक्त एवं बाइकिङ ब्रडरहुड बढाउने ब्रान्डको रुपमा चिरपरिचित भई रहेको कम्पनीले दावी गरेको छ ।

रोयल इन्फिल्ड मोटरसाइकल एउटा ऐतिहासिक प्रतिष्ठित अन्तर्राष्ट्रिय आइकनिक ब्रान्ड हो । नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता विवेक अटोमोवाइल्स प्रालिले नेपालभरि २१ वटा शाखा तथा डिलरबाट बिक्री बितरण तथा बिक्री पछिका सेवाहरु प्रदान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij