२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना

400
Shares

काठमाडौं- मुक्तिनाथ विकास बैंकले दसैं, तिहार र छठलाई लक्षित गर्दै विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत ग्राहकले बैंकको बेस रेटमा ०.२५ प्रतिशत थप ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा लिन सक्नेछन्।

बैंकका अनुसार घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ। पहिलो पटक घर खरिद गर्ने ग्राहकका लागि भने मूल्याङ्कनको अधिकतम ८० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ।

चाडपर्वको समयमा आफ्नै घर निर्माण वा खरिद गर्ने योजना बनाएका ग्राहकलाई लक्षित गरी योजना ल्याइएको बैंकले जनाएको छ। प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउने उद्देश्यले विशेष योजना ल्याइएको बैंकको भनाइ छ।

विशेष घर कर्जा योजना २०८३ साल कात्तिक मसान्तसम्म लागू हुनेछ। त्यसपछि बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जाका अन्य शर्त लागू हुनेछन्।

बैंकले योजना देशभर रहेका आफ्ना १७६ वटै शाखाबाट उपलब्ध गराउने जनाएको छ। इच्छुक ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी कर्जा तथा योजनासम्बन्धी थप जानकारी लिन सक्नेछन्।

मुक्तिनाथ विकास बैंकले यससँगै अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनासमेत सञ्चालन गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij