२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

नेप्सेका सीईओ प्रताप सुवेदीद्वारा पदभार ग्रहण

नेप्सेका सीईओ प्रताप सुवेदीद्वारा पदभार ग्रहण

135
Shares

काठमाडौं -नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पदभार ग्रहण गरेका छन् । उनले शुक्रबार औपचारिक रूपमा नेप्सेको नेतृत्व सम्हालेका हुन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार नेप्सेको सीईओमा नियुक्त भएका सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका थिए। नियुक्तिपत्र ग्रहण गरेपछि उनले शुक्रबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।

बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव भएका सुवेदी यसअघि कृषि विकास बैंकमा कार्यरत थिए। उनले बैंकको मानव संसाधन तथा सेवा विभागका उपमहाप्रबन्धक, प्रमुख सञ्चालन अधिकृत (सीओओ) तथा प्रमुख कर्जा अधिकृत (सीसीओ) लगायतका जिम्मेवारी सम्हालिसकेका छन्। उनले कृषि विकास बैंकमा २०५८ सालदेखि विभिन्न पदमा रहेर काम गरेका थिए।

नेप्सेको नेतृत्व सम्हालेसँगै सुवेदीसामु नेपालको पुँजीबजारको संस्थागत तथा प्रविधिगत सुधार, कारोबार प्रणालीको प्रभावकारिता, बजारको पारदर्शिता र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने चुनौती रहनेछन्। साथै, पुँजीबजारलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने विषय पनि उनको कार्यकालका महत्वपूर्ण जिम्मेवारीका रूपमा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij