२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गुराँस लघुवित्तको लाभांश घोषणा

गुराँस लघुवित्तको लाभांश घोषणा

530
Shares

काठमाडौं- गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको १६८औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले १ करोड २५ लाख ७४ हजार १५ रुपैयाँ बराबरको बोनस सेयर तथा ६ लाख ६१ हजार ७९० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij