२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकको लाभांश घोषणा

315
Shares

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। त्यसैगरी,अग्राधिकार शेयरको लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

असोज १ गते, बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij