२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गुडविल फाइनान्सको सञ्चालकमा अमित स्थापित नियुक्त

गुडविल फाइनान्सको सञ्चालकमा अमित स्थापित नियुक्त

240
Shares

काठमाडौं – गुडविल फाइनान्स लिमिटेडको सञ्चालकमा अमित स्थापित नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराउँदै भदौ ३० गते बसेको सञ्चालक समितिको ४६४औँ बैठकले स्थापितलाई सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको जनाएको हो ।

काठमाडौं महानगरपालिका–२४, मखनटोल निवासी ४७ वर्षीय अमित स्थापित लाई प्रचलित कानुनबमोजिम तोकिएको अवधिका लागि सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

गुडविल फाइनान्स नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij