२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

370
Shares

काठमाडौं – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५५ अकंले बढेर २५८५.०४ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको १ करोड १५ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको हो ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।

सोमबार २२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको भएको छ। सो कम्पनीको २४ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij