२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्युजोका गाडी नेपाली बजारमा

प्युजोका गाडी नेपाली बजारमा

4.5K
Shares

अर्थ नेपाल काठमाडौं /नेपालमा पहिलो पटक औपचारिक रुपमा फ्रान्सेली गाडी निर्माता कम्पनी Peugeot (प्युजो) का गाडी भित्रिएका छन् । प्युजो गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले गाडी सार्वजनिक गरेको हो । यो भन्दा पहिले गत भदौमा सम्पन्न नाडा अटो शोमा पनि प्युजोका गाडी प्रदर्शनका लागि राखिएका थिए ।

हाल प्युजोका ३ मोडल र ५ भेरिएन्टका गाडी नेपाली बजारका लागि उपलब्ध गराइएको कम्पनीको भनाइ छ । प्युजो ५०८, प्युजो २००८ र प्युजो ३००८ मोडलका गाडी छन् ।

प्युजो ५०८ को मूल्य ९५ लाख, प्युजो २००८ को मूल्य ७५ लाख, प्युजो २००८ लेदर अप्सनको मूल्य ८२ लाख तथा प्युजो ३००८ को मूल्य १ करोड १९ लाख र १ करोड ३० लाख रुपैया छ । प्युजो ५०८ सेडान, २००८ क्रस एसयूभी र ३००८ एसयूभी हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij