काठमाडौं – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०७ अकंले बढेर २५६०.८४ बिन्दुका कायम भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ४.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक बढेको छ। आज ३५२ कम्पनीको ९२ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।
सोमबार १९५ कम्पनीको शेयर मूल्य बढेको छ भे ७९ कम्पनीको घटेको छ । यसदिन ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको १७ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij