२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कुरिनटारमा रोयल इनफिल्ड रियुनियन

कुरिनटारमा रोयल इनफिल्ड रियुनियन

2.5K
Shares


अर्थ नेपाल काठमाडौं /काठमाडौं र रोयल इन्फिल्ड बाइक राइडरहरु एकै स्थानमा भेला भएर गरिने ‘रियुनियन’ चितवनको कुरिनटारमा हुने भएको छ । कुरिनटारस्थित रिभरसाइड रिसोर्टमा हुने रियुनियन मंसिर १५ देखि प्रारम्भ हुनेछ । मंसिर १७ सम्म तीन दिन हुने सो रियुनियनका लागि नेपाल, भारत तथा अन्य मुलुकका गरि जम्मा ११३ जना रोयल इनफिल्ड राइडरहरुले सहभागिता जनाउनको लागि नाम दर्ता गरिसकेको कम्पनीले जानकारी दिएको छ ।
उक्त अवसरमा विभिन्न गेम, सास्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु समेत हुनेछ.। रियुनियनको मुख्य उद्देश्य राइडरहरुको बीचमा भेटघाट, भातृत्व विकास, भाइचारा समन्वय, अन्तरिक तथा बाह्य पर्यटनको प्रवद्धन गर्नु रहेको बताइएको छ ।
नेपालमा पहिलो पटक यस प्रकारको रियुनियन हुन लागेको हो । रोयल इनफिल्डले रियुनियन सम्मेलन धेरै वर्ष देखि भारतमा गरिरहेको थियो । नेपालमा रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिको विशेष पहलमा नेपालमा पहिलो पटक यो कार्यक्रम हुन लागेको हो । नेपालमा विवेक अटोमोबाइल्सले विगत १६ वर्ष देखि १९ वटा शाखा तथा डिलर मार्फत बिक्रि एवं बिक्री पछिका सेवाहरु प्रदान गरिरहेको छ.।
रोयल इनफिल्ड विश्वका पुराना बाइक निर्माता कम्पनी मध्ये एक हो । यो कम्पनीले स्थापना कालदेखि निरन्तर रुपमा आफ्ना उत्पादनहरु ग्राहक सामु पु¥याएको छ । मोटरसाइकल बजारमा यसको बेग्लै पहिचान रहेको छ । मोटरसाइकल युनिक तथा क्लासिक रहेको तथा यसको आवाजका कारण सवैको मन जित्न सफल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij