२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख योगदान

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख योगदान

770
Shares

काठमाडौं – मेटलाइफ नेपालले नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३० लाख योगदान गरेको छ ।

रसुवा, नुवाकोट र धादिङलगायत विभिन्न जिल्लामा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै समुदायहरू विस्थापित भएका छन् र भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू हाल पनि जारी रहेका छन् ।

जिम्मेवार संस्थागत नागरिकका रूपमा मेटलाइफ नेपाल यस कठिन परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई सहयोग पु¥याउन निरन्तर खटिरहेका नेपाल सरकार, उद्धारकर्मी, मानवीय सहायता प्रदान गर्ने संस्थाहरू तथा सम्पूर्ण सहयोगीहरूप्रति ऐक्यबद्धता व्यक्त गरेको छ । सामूहिक प्रयासबाट प्रभावित समुदायलाई आवश्यक सहयोग पु-याउँदै राहत तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij