काठमाडौं – बिहीबार नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। आज शेयर बजार ७.१७ अंकले बढेर २६२९.४० को विन्दुमा कायम भएको छ। ३४५ सूचीकृत समूहको ९५ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा ४ अर्ब ४० करोडको शेयर कारोबार भएको छ।
आज १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीकै शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको कारोबार भएको छ । आज यसको ५० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij