काठमाडौं– आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१५ प्रतिशत अर्थात ४.०५ अंकले घटेर २ हजार ६५०.०९ विन्दुमा सीमित बनेको छ। आज ३३४ कम्पनीको १ करोड २ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ८८ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।
आज कारोबारमा आएका १३ वटै समूहमध्ये चारवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात ०.५२ प्रतिशतले बढ्यो । यस्तै उत्पादन तथा प्रशोधन समूह ०.२५, लघुवित्त ०.०१ र व्यापार ०.१९ प्रतिशतले बढ्यो ।
यो दिन फाइनान्स समूह सर्वाधिक अर्थात ०.७० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.२४ प्रतिशत, विकास बैंक ०.२१, होटल ०.२७, हाईड्रो ०.१३, लगानी ०.१७, जीवन बीमा ०.३१, निर्जीवन बीमा ०.२४ र अन्य ०.१४ प्रतिशतले घट्यो ।
आज सोलु हाईड्रोपावर, रिदि पावर, सानिमा बैंक, खानी खोला, आँखु खोला, सगरमाथा जलविधुत्, माया खोला, सिटिजन बैंक, एनआरएन इन्फ्रास्टक्चर र रिलायन्स स्पिङ्ग मिलसको सर्वाधिक कारोबार भएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij