काठमाडौं– साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०५ अकंले बढेर २६५०.०९ बिन्दुमा कायम भएको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंक घटेको छ। आज ३३४ कम्पनीको १ करोड २ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ८८ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।
१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्यूच्युअल फण्ड उपसमूहको परिसूचक बढेको हो। यस दिन बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा टुरिजम्, हाईड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको सूचक घटेको छ।
शुक्रबार ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै सोलु हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २३ करोड २ लाख रुपैयााको शेयर कारोबार भएको छ । सानिमा बैंकको १७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij