२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से ४.७९ अकंले बढ्यो, ४ अर्ब ४० करोडको कारोबार

नेप्से ४.७९ अकंले बढ्यो, ४ अर्ब ४० करोडको कारोबार

610
Shares

काठमाडौं– बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७९ अकंले बढेर २६६७.९७ बिन्दुमा कायम भएको छ ।  यस दिन सेन्सेटिभ इण्डेक्स ०.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ इण्डेक्स ०.३० अंक घटेको छ।  आज ३५० कम्पनीको १ करोड ६७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँको कारोबार भएको हो ।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.६० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

बुधबार १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३४ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोको २७ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij