२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा १६.२९ अंकको गिरावट

नेप्सेमा १६.२९ अंकको गिरावट

700
Shares

काठमाडौं– बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले घटेर २६७२.५८ बिन्दुमा कायम भएको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७७ अंक घटेका छ। आज ३३७ कम्पनीको ७५ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंकको सर्वाधिक १.१२ प्रतिशतले घटेको छ । बिहिबार ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij