२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नेपाली सेनाले टीकाको दिन उपत्यकामा निःशुल्क बस सेवा दिने

नेपाली सेनाले टीकाको दिन उपत्यकामा निःशुल्क बस सेवा दिने

3K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं / नेपाली सेनाले विजयादशमीका दिन काठमाडौं उपत्यकामा गैरसैनिक प्रयोजनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
उपत्यकामा टीकाका दिन सार्वजनिक सवारी साधन कम सञ्चालन हुने भएकाले सेनाले सर्वसाधारणका लागि बस चलाउने भएको हो ।
उपत्यकाका आठ वटा रुटमा बिहान साढे ६ र ११ तथा अपरान्ह चार बजे भद्रकालीबाट सेनाका बस निःशुल्क सञ्चालन हुनेछन् ।

टीकाको दिन उपत्यकामा चल्ने सेनाका बस

(क) रुट नं. १- भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

(ख) रुट नं. २- भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

(ग) रुट नं. ३- भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।

(घ) रुट नं. ४- भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

(ङ) रुट नं. ५- भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट ।

(च) रुट नं. ६- भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

(छ) रुट नं. ७- भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

(ज) रुट नं. ८- भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

यसैबीच  दशैंको विदामा घर जाने सैनिक र उनीहरुका आश्रित परिवारका लागि पनि सेनाले बस सेवा सञ्चालन गरिरहेको छ । ५ असोजबाट सुरु भएको त्यस्तो सेवा १२ गतेसम्म चल्ने छ ।

काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, सिन्धुली, चौतारा, हेटौंडा, नारायणगढ, सिरहा-राजविराज, कोहलपुर-सुर्खेत र त्रिशुलीसम्म सेनाका बस चलिरहेका छन् । प्रतिपरिवार पाँच जनासम्मका लागि सेनाले आवतजावतको सुविधा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij