२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए २७ फाइभ जी

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए २७ फाइभ जी

680
Shares

काठमाडौं – सामसङ नेपालले नेपाली बजारमा नयाँ स्मार्टफोन ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक गरेको छ। कम्पनीले युवा पुस्तालाई लक्षित गर्दै कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित सुविधा, उच्च प्रदर्शन, सुरक्षित प्रणाली र दीर्घकालीन सफ्टवेयर सहयोगसहित नयाँ मोडल बजारमा ल्याएको जनाएको छ।

सामसङ नेपालका एमएक्स बिजनेसका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी ए सिरिजमार्फत धेरै प्रयोगकर्तासम्म एआई प्रविधि पुर्‍याउने कम्पनीको लक्ष्य रहेको बताए। उनका अनुसार नयाँ ग्यालेक्सी ए२७ फाइभ–जीले दैनिक प्रयोगका लागि भरपर्दो कार्यसम्पादन उपलब्ध गराउनुका साथै एआई प्रविधिको प्रयोगलाई थप सहज बनाउनेछ। उनले २४ महिनासम्मको किस्ता सुविधाले सामसङका नयाँ प्रविधि धेरै ग्राहकको पहुँचमा पुग्ने विश्वास व्यक्त गरे।

कम्पनीका अनुसार ग्यालेक्सी ए२७ फाइभ–जीमा ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा नयाँ इन्फिनिटी–ओ डिजाइन दिइएको छ। फोनमा ४ न्यानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन ६ जेन–३ प्रोसेसर प्रयोग गरिएको छ।

स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा (अप्टिकल इमेज स्टेबलाइजेसनसहित), ५ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा तथा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ।

यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री, २५ वाट फास्ट चार्जिङ, एन्ड्रोइड १६ मा आधारित वन यूआई ८.५, सामसङ नक्स भल्ट सुरक्षा प्रणाली तथा धुलो र पानीबाट जोगाउने आईपी–६४ रेटिङ समावेश गरिएको छ।

फोनमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा, गुगल जेमिनी र पर्प्लेक्सिटीजस्ता एआई सहायकको समर्थन तथा ग्यालेक्सी ग्यालेरीलगायतका एपसँग एआईको गहिरो एकीकरण गरिएको कम्पनीले जनाएको छ।

ग्यालेक्सी ए२७ फाइभ–जीको ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य ५५ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको मोडलको मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

कम्पनीले नयाँ फोन खरिदमा पुरानो मोबाइल साटासाट गर्दा पुरानो उपकरणको मूल्यबाहेक थप ८ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध गराउने जनाएको छ। साथै २४ महिनासम्मको किस्ता सुविधा, शून्य प्रतिशतसम्म डाउन पेमेन्ट तथा एनसेलको १२० जीबी बोनस डाटा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij