२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाली बजारमा टाटाको योद्धा पिकअप

नेपाली बजारमा टाटाको योद्धा पिकअप

1.4K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपालको टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले योद्धा पिकअप नेपाली बजारमा ल्याएको छ।
कम्पनीले बिहिबार राजधानीमा कार्यक्रम गरी उक्त गाडि बजारमा ल्याएको जानकारी दिएको हो ।
नेपालको सडकको लागि निकै उत्कृष्ट दाबी गरिएको यसको पिक अप ग्राउण्ड क्लियरेन्स २१० एमएम रहेको छ भने
२० लाख ५० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको योद्धामा ८५ एचपीको ३।० लिटरको इञ्जिन छ जसले २५० एन.एम टर्क उत्सर्जन गर्छ। यसको अगाडि हाइड्रोलिक, ट्वीन पट क्यालिपर डिक्स ब्रेक र पछाडि ड्रम ब्रेक समावेश रहेको कम्पनिले जनाएको छ। ४५ लिटर इन्धन क्षमता रहेको योद्धाको कम्पनीले ३ वर्ष वा ३ लाख किलोमिटरको वारेण्टी दिएको छ। १० हजार किलोमिटर वा ६ महिनामा एक पटक सर्भिसिङ गरे पुग्ने र ग्रिजिङ गर्नु नपर्ने कम्पनीले दाबी गरेको छ।
सुरक्षाको लागि फराकिलो १६ इञ्चको टायर र आरामदायिक यात्राको लागि पिकअप अन्यको भन्दा फरक रहेको छ । भने यसमा ३ जनाको लागि आरामदायिक सिट रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij