२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

भोली मतदाता परिचय पत्र विना पनि मतदान गर्न पाइने

भोली मतदाता परिचय पत्र विना पनि मतदान गर्न पाइने

2.6K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /भोलि हुने प्रदेश २ को तेस्रो चरणको स्थानीय निर्वाचनमा मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाइने भएको छ ।
नागरिकता, राहदानी वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, जग्गाधनी प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाइने आयोगका जनाएको छ । तर यसका लागि फोटो सहितको मतदाता नामावलीमा नाम भने हुनुपर्नेछ ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा सानोतिनो भूलचुक मान्ने र नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन निर्वाचन आयोगले निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij