काठमाडौं -प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीकम्पनी १५ लाख १४ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।
उक्त शेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको ‘फिट एण्ड प्रपर टेस्ट’ को मापदण्ड पूरा हुने आवश्यक कागजात सहित निवेदन दिनु पर्नेछ।
निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ। निर्धारित समयभित्र विद्यमान संस्थापक शेयण्रधनीहरूबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानून र नियमबमोजिम सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij