२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बीमा अभिकर्तालाई थप ५ प्रतिशत करको भार

बीमा अभिकर्तालाई थप ५ प्रतिशत करको भार

865
Shares

काठमाडौं – सरकारले बीमा अभिकर्ताले पाउने कमिसनमा करको दर बढाएको छ।सरकारले आर्थिक विधेयकमार्फत बीमा अभिकर्ताले पाउने सेवाशुल्क तथा कमिसनमा करको दर बढाएको हो। अब अभिकर्ताले आफूले पाउने सेवाशुल्क तथा कमिसनको २० प्रतिशत कर तिर्नुपर्नेछ। हाल अभिकर्ताहरुले १५ प्रतिशत कर तिर्दै आएका छन्। योसँगै अभिकर्तामाथि थप ५ प्रतिशत कर भार बढेको छ।

विधेयकअनुसार आयकर ऐनको दफा ८८ को उपदफा (१) अन्तर्गत रहेको व्यवस्थामा संशोधन गर्दै बीमा अभिकर्ताका लागि छुट्टै कर दर निर्धारण गरिएको हो। नयाँ व्यवस्थामा ‘बासिन्दा प्राकृतिक व्यक्ति रहेको बीमा अभिकर्तालाई भुक्तानी गरिएको सेवाशुल्क वा कमिसनमा २० प्रतिशतका दरले कर लाग्ने’ उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij