२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु महालक्ष्मी लाइफको मनोरञ्जनात्मक कार्यक्रम पोखरामा सम्पन्न

प्रभु महालक्ष्मी लाइफको मनोरञ्जनात्मक कार्यक्रम पोखरामा सम्पन्न

550
Shares

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको संगीत र हाँसोको गुञ्जन, रमाइलो पोखरामा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

पोखरामा जेठ १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो । पर्यटकीय नगरी पोखरामा फेवा तालको अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, चर्चित राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतीका साथ कार्यक्रम सम्पन्न भएको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा भएका मनोरञ्जनात्मक कार्यक्रमले अभिकर्ता लिडरहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्ने विश्वास व्यक्त गरे ।

सुन्दर पोखरामा भएको कार्यक्रममा ताल बाराही मन्दिरमा भएको भजन कन्सर्टले सहभागी अभिकर्ता लिडरहरु माझ फरक स्वाद पस्किएको छ, उनले थपे ।

कम्पनीमा आवद्ध करिब १ सय पचास जना भन्दा बढि अभिकर्ता लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा पोखरा भ्रमण, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो ।

कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार लोकप्रीय गायिका श्री समिक्षा अधिकारीज्यू, गायक श्री प्रकास सपुतज्यूको सांगीतिक प्रस्तुती र श्री संदिप क्षत्रीज्यूको उद्देश्य सहितको हाँसोको प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो । साथै पोखराकै प्रसिद्ध भजन समुहले ताल बाराही मन्दिर परिसरमा भजन प्रस्तुत गरे ।

कार्यक्रमको अन्त्यमा धन्यवाद व्यक्त गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत श्री किशोर प्रसाद लामिछानेज्यूले भजन, गीत संगीत र हाँसोको गुञ्जनले सहभागी अभिकर्ता लिडरहरुको भरपुर मनोरञ्जन प्राप्त भएको विश्वास व्यक्त गरे ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij