२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

६ हजार प्रतिनिधिका लागि ३६ हजारको उम्मेदवारी

६ हजार प्रतिनिधिका लागि ३६ हजारको उम्मेदवारी

1.2K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं/ आगामी असोज २ गते हुन लागेको २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनका लागि ३६ हजारभन्दा बढीको उम्मेदवारी परेको छ ।
प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन हुँदैछ । बुधबार भएको मनोनयनका क्रममा ३६ हजार ७३ जनाको उम्मेदवार मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनामएको छ ।
आयोगले दिएको विवरणअनुसार प्रमुख÷अध्यक्ष पदमा एक हजार ७ सय ८३, उपप्रमुखर उपाध्यक्ष पदमा एक हजार १ सय ३०, वडाध्यक्ष पदमा ८ हजार १८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

खुल्ला सदस्य दुई पदमा १३ हजार ७७, महिला सदस्यमा ६ हजार ३ सय ६० र महिला दलित सदस्यमा पाँच हजार ७ सय ५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुँदैछ । तेस्रो चरणको निर्वाचनबाट छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij