
अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाली बजारमा लेली ब्राण्डको वाइन आएको छ ।
लाइक नेचुरल ले ले वाइन उद्योगले तीनप्रकारका वाइन बजारमा ल्याएको छ । उद्योगले लेली रेड, स्वीट र ह्वाइट वाइनको उत्पादन सुरु गरेको हो। शतप्रतिशत फलफुलबाट उत्पादन गरिएको वाइनले नेपाली उपभोक्ताहरुको मन जित्नेमा कम्पनीले विश्वास लिएको छ।
हाल ललितपुरकै लेलेका कृषकहरुले उत्पादन गरेको ग्राउन्ड एप्पलबाट ह्वाइट वाइन उत्पादन गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij