२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

टाटा डट ईभीले सार्वजनिक गर्‍यो नयाँ कर्भ डट ईभी सिरिज एक्स

टाटा डट ईभीले सार्वजनिक गर्‍यो नयाँ कर्भ डट ईभी सिरिज एक्स

965
Shares

काठमाडाैं -भारतको सबैभन्दा ठूलो चार पाङ्ग्रे विद्युतीय सवारी साधन निर्माता टाटा डट ईभीले आज नयाँ ‘कर्भ डट ईभी सिरिज एक्स’ बजारमा ल्याएको छ ।

यस अन्तर्गत लामाे दुरी तय गर्न सक्ने, विशेषताले भरिपूर्ण र प्रिमियम स्वरूपका दुई नयाँ भेरिएन्टहरू ‘एकाम्प्लिस्ड एक्स ५५’ र ‘इम्पावर्ड एक्स ५५’ सार्वजनिक गरिएका छन् । यी गाडीहरू विशेष गरी आत्मविश्वासका साथ लामो दुरीको यात्रा गर्न चाहने ग्राहकहरूका लागि तयार पारिएका हुन् । बोल्ड र आकर्षक ‘एसयूभी कुप’ शैलीमा निर्मित यो गाडी ग्राहकको दैनिक आवश्यकतालाई ध्यानमा राखेर इन्जिनियरिङ गरिएको छ । यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले १६७ हर्स पावर र २१५ न्युटन मिटरको टर्क प्रदान गर्दछ ।

एआरएआई प्रमाणित ५०२ किलोमिटरको रेन्ज र वास्तविक सडकमा करिब ४०० किलोमिटरको यात्रा सुनिश्चित गर्ने यो गाडी अन्तर-सहर यात्राका लागि उपयुक्त छ । यसका साथै, कम्पनीले पहिलो खरिदकर्ताका लागि १५ वर्षको ‘लाइफटाइम’ हाइ भोल्टेज ब्याट्री वारेन्टी समेत उपलब्ध गराएको छ ।

सुविधा र प्रविधिलाई प्राथमिकता दिने ग्राहकका लागि लक्षित यस भेरिएन्टमा प्यानोरामिक सनरुफ, २६.०३ सेन्टिमिटरको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ ।

यसमा वायरलेस एन्ड्रोइड अटो, एप्पल कारप्ले र ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा जस्ता सुविधाहरू छन् । आरामदायी यात्राका लागि यसमा भेन्टिलेसन सहितको ‘आर-कम्फर्ट’ सिट, प्रिमियम लेदरेट अपहोल्स्ट्री र पछाडिको सिटमा घामबाट बच्न ‘सेरेनिटी स्क्रिन’ सनसेड्सको व्यवस्था गरिएको छ ।

यो सिरिजको सबैभन्दा विलासी भेरिएन्ट हो, जसमा एकाम्प्लिस्डका सबै सुविधाहरूका अतिरिक्त थप प्रिमियम सुविधाहरू समावेश छन् । यसमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टचस्क्रिन, जेबीएलको ९ वटा स्पिकर भएको साउन्ड सिस्टम, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट र लेभल २ एडास जस्ता २० वटा सुरक्षा सुविधाहरू छन् ।

थप आकर्षणका रूपमा यसमा १८ इन्चको एलोय ह्वील, भीटूभी र भीटूएल चार्जिङ सुविधा, इसाराले खुल्ने पछाडिको गेट र विशेष स्मार्ट लाइटिङ एनिमेशनहरू राखिएका छन् ।

आकर्षक मूल्यमा उपलब्ध गराइएको यस सिरिज अन्तर्गत एकाम्प्लिस्ड एक्स ५५ को मूल्य १६.९९ लाख रुपैयाँ तोकिएको छ । त्यसैगरी, इम्पावर्ड एक्स ५५ को मूल्य १९.१९ लाख रुपैयाँ र इम्पावर्ड एक्स ५५ डार्क एडिसनको मूल्य १९.४९ लाख रुपैयाँ कायम गरिएको छ ।

यी गाडीहरू पाँचवटा रङका विकल्पहरूमा उपलब्ध हुनेछन्, जसमा नयाँ ‘नाइट्रो क्रिमसन’ र चर्चित ‘डार्क’ संस्करण समावेश छन् ।

टाटा मोटर्सका प्रमुख वाणिज्य अधिकारी विवेक श्रीवत्सबका अनुसार, यो नयाँ सिरिजले विद्युतीय सवारी साधनलाई अझ बढी पहुँचयोग्य र फलदायी बनाउँदै मिड-एसयूभी श्रेणीमा नयाँ मापदण्ड कायम गर्नेछ । एड्भान्स्ड प्योर ईभी ‘एक्टि डट ईभी’ आर्किटेक्चरमा आधारित यो गाडीले सुरक्षित र आधुनिक यात्राको अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij