२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पत्रकार विरुद्धको मुद्धा नियोजित – पत्रकार महासंघ

पत्रकार विरुद्धको मुद्धा नियोजित – पत्रकार महासंघ

1.5K
Shares


अर्थ नेपाल संवाददाता
काठमाडौं/ सार्वभौम संसदका विभिन्न समितिहरूले अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको ‘नेपाल आयल निगमको जग्गा खरिद’ प्रकरणका विषयमा नागरिक दैनिकले अनुसन्धानात्मक रिपोर्टिङ गरी समाचार प्रकाशित गरेपछि विकसित घटनाक्रमप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
समाचारसँग असहमत पक्षले नागरिक दैनिक र समाचार लेख्ने पत्रकारबिरुद्ध मानहानी मुद्दा दायर गरी क्षतिपूर्तिको माग गरेका छन् । एउटा नागरिकको अदालतमा जाने अधिकारको महासंघ सम्मान गर्दछ । तर, घटनाक्रम विश्लेषण गर्दा यो मुद्दा नियोजित रुपमा भ्रष्टाचारको खुलासा गर्ने कामलाई निरुत्साहित गर्ने, पत्रकारिता क्षेत्रमा त्रास सिर्जना गर्ने र सञ्चारमाध्यम तथा पत्रकारलाई क्षतिपूर्तिका नाममा आर्थिक क्षति पु¥याउने मनसाय रहेको हुनसक्ने देखिन्छ ।
सम्मानित अदालतमा दर्ता भएको मुद्दाका बारेमा नेपालको प्रचलित कानुन, प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता र खोजी पत्रकारिताको मान्यतालाई सुरक्षित गर्ने गरी अदालतले फैसला गर्नेमा महासंघ विश्वस्त छ ।
प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता र नेपाली पत्रकारिताको मौलिक चरित्रको जगमा उभिएर निर्भिकतापूर्वक खोजि पत्रकारितामा दृढतापूर्वक लागि रहन नेपाल पत्रकार महासंघ सबै पत्रकारहरुलाई आह्वान गर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij