२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

प्रभु इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

770
Shares

काठमाडौं – प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गतको ठूलो परिमाणको सेयर बिक्रीमा राखिएको छ। कम्पनीका विद्यमान संस्थापक सेयरधनी समूहको स्वामित्वमा रहेको कुल ६ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरिएको हो।

कम्पनीले जारी गरेको सूचनाअनुसार, उक्त सेयर खरिद गर्न इच्छुक हालका संस्थापक सेयरधनीहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मिति (चैत ११ गते) देखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, तीनकुने काठमाडौंमा आवेदन दिनुपर्नेछ।

निर्धारित समयसीमाभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नआएमा भने प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थाहरूलाई पनि उक्त सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij