२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ललितपुर मोबाइल एक्स्पो हुँदै

ललितपुर मोबाइल एक्स्पो हुँदै

1.7K
Shares

 

अर्थ नेपाल ललितपुर /लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले बडादसैँ तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको एक्स्पो आयोजना गर्ने भएको छ।

कम्पनीले यही भदौ १६ गते मंगलबारदेखि २६ गतेसम्म आयोजना हुने गरी एक्स्पोको आयोजना गर्ने भएको हो। एक्स्पोको अवधिभर ग्राहकहरुले कुनै पनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल पाउने आयोजकले जनाएको छ।

त्यसैगरी हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजना अन्र्तगत पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्नेछन्। मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख ४० हजारसम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन्।

एक्स्पो अवधिभर विभिन्न अफरसँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुनेछ। जसमा स्क्र्याच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij