काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित एशिया इमर्जिङ इन्स्योरेन्स अवार्डसमा तीनवटा विधामा उपाधी हात पारेको छ।
उत्कृष्ट ग्राहकमुखी सेवा, बीमा नेतृत्वमा महिला विधामा उपाधी र बीमामा पहुँच विस्तारका लागि उपाधी प्राप्त गरेको छ। यसैगरी उत्कृष्ट रणनीति विधामा सानिमा रिलायन्स लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले संयुक्तरूपमा उपाधी हात पारेका छन् ।
यो सम्मानले बीमा जागरूकता विस्तार गर्ने, आधुनिक, प्रविधि-संचालित सेवाहरू प्रदान गर्ने र बीमा क्षेत्रमा महिला नेतृत्वलाई प्रोत्साहन गर्ने कम्पनीको प्रयासलाई पहिचान गरेको छ।
शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले योजित सम्मान समारोहका अवसरमा सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्याल र प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले संयुक्तरूपमा उपाधी ग्रहण गरेका हुन् ।
समारोहका अवसरमा प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले योजित अभिकर्ताको भूमिकालाई कमजोर नबनाई डिजिटल र एआईको लाभ बिस्तार विषयक छलफल कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खड्काले विचारकका रूपमा नेपालको प्रतिनिधित्व समेत गरे । उनले नेपालमा प्रविधिमैत्री सेवाहरू प्रदान गर्ने कम्पनीको रणनीतिहरूको बारेमा छलफल गरे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij