२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएलजी इन्स्योरेन्सका अध्यक्षमा बिमल प्रसाद वाग्लेले लिए शपथ

एनएलजी इन्स्योरेन्सका अध्यक्षमा बिमल प्रसाद वाग्लेले लिए शपथ

1.4K
Shares

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले मनोनित भएका छन् । गत पुस ३० गते सम्पन्न भएको बार्षिक साधारणसभाबाट सञ्चालकमा चयन भएका वाग्लेलाई कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा मनोनित गरेको हो ।

पूर्व सचिव समेत रहेका वाग्लेले आज नियामक नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । सो शपथ ग्रहण समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी र कम्पनीका सिईओ सुनिल बल्लभ पन्तको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij