२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामाजिक सुरक्षा कोषले माग्यो कर्मचारी

सामाजिक सुरक्षा कोषले माग्यो कर्मचारी

1.4K
Shares

काठमाडौं- सामाजिक सुरक्षा कोषमा रोजगारीको अवसर खुलेको छ। कोषले शुक्रबार विज्ञापन प्रकाशन गर्दै नवौं तहदेखि चौथो तहसम्मका कर्मचारी माग गरेको हो।

कोषले जारी गरेको सूचनाअनुसार प्रशासन, वित्त, लगानी, कानुन, कम्प्युटर इन्जिनियरिङ लगायतका समूहमा १६ जना कर्मचारी माग गरेको हो।

उमेर हद चौथो तहका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, पाँचौं तहका लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र आठौं र नवौं तहको लागि ४० वर्ष ननाघेको हुनु पर्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने फागुन ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij