काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार २०औं वार्षिक साधारण सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर ३ प्रतिशत नगद लाभांश र कर तिर्न ०.३६८४ नगद लाभांश पारित गरेको छ ।
साथै सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ ।
त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव समेत पारित भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij