काठमाडौं -नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले पुस ६ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले मौजुदा पुँजी संरचनामा संशोधन गरी अधिकृत पुँजी २० अर्ब रुपैयाँ र जारी पुँजी तथा चुक्तापुँजी १५ अर्ब ६९ करोड २८ लाख ९९ हजार ४२.१७ रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट रायसुझावलाई समावेश गर्न विशेष अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ।
सभाले संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण लगानीकर्ताबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८२।८३ का वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभा भाग लिन योग्य हुनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij