२०८३ मंसिर १३ शनिबार

Nov 28 2026 Saturday

नेपाल पुनर्बिमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

नेपाल पुनर्बिमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

70
Shares

काठमाडौँ – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउने उद्देश्यसहित हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको चुक्ता पुँजी वृद्धि गर्दा नेपाल सरकारको विद्यमान शेयर स्वामित्व ४४.०३ प्रतिशत नघट्ने गरी पुँजी वृद्धि गर्न सहमति प्राप्त भएको छ । सोही सहमतिअनुसार चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फबाट एक अर्ब रुपैयाँ शेयर लगानीका लागि प्राप्त हुने भएको कम्पनीले जनाएको छ ।

सरकारबाट प्राप्त हुने उक्त एक अर्ब रुपैयाँ लगानीको अनुपात १६.९१ प्रतिशत कायम गरी हकप्रद शेयर निष्कासनमार्फत चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव अघि बढाइएको हो ।

यससम्बन्धी प्रस्ताव कम्पनीको सञ्चालक समितिको मिति २०८३ मंसिर ११ गते बसेको ६३७औँ बैठकले वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार हकप्रद शेयर निष्कासनमार्फत चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव वार्षिक साधारण सभामा पेस गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij